काठमाडौँ — आइपिएल क्रिकेट खेलमा अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको धापासी र ललितपुरको सनराइज अपार्टमेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार, काठमाडौँको धापासीबाट १५ जना र ललितपुरबाट २ जना पक्राउ परेका हुन्। उनीहरू विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा आएर अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए।

पक्राउ पर्नेमा —अछाम घर भएका २९ वर्षीय डायमन्ड कुँवर, २१ वर्षीय मनोज बोगटी, कञ्चनपुरका ३० वर्षीय राजेन्द्र बहादुरमहता, कैलाली घर भएका २१ वर्षीय अरविन कुमार खड्का, दाङ घर भएका विष्णु कुमार राउत, डोटीका ठक्क कुँवर, तिलकखड्का, पुर्व नवलपरासीका जीत बहादुर महतो, डोटीका सुवास खड्का अछामका विकाश थापा छन्  डोटी घर भएका २३वर्षीय हर्क बहादुर खड्का, भारतीय नागरिकहरू ऋषभ राज, २६ वर्षीय दीपक कुमार सिंह, २५ वर्षीय अङ्कित कुमार सिंह, धिरज कुमार सिंह मोहित कुमार सिंह छन्  

प्रहरीका अनुसार उनीहरूले आइपिएलको विभिन्न खेलहरूमा अनलाइनमार्फत सट्टेबाजी गराउने, प्रयोगकर्ताबाट पैसा उठाउने, र डिजिटल माध्यमबाट कारोबार गर्ने कार्यमा संलग्न थिए।

उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनलाइन सट्टेबाजीजस्तो गैरकानुनी कार्यविरुद्ध प्रहरीको निगरानी र कारबाही जारी रहने एसएसपी बस्नेतले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय