काठमाण्डौं— काठमाडौं महानगरपालिका–३२ कोटेश्वर, सेती ओपी मार्गस्थित क्षेत्रबाट प्रहरीले अवैध सुन, ठूलो परिमाणको चाँदी र नगद रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक यज्ञराज भट्टको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा भारत, महाराष्ट्र सोलापुर घर भई हाल कोटेश्वरमा बसोबास गर्दै आएका २७ वर्षीय योगेश श्रीमंत मगरलाई पक्राउ गरेको हो।

उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ७३४.२९ ग्राम, चाँदीजस्तो देखिने सेतो धातु ९ केजी ५०० ग्राम र नगद रू. २८,९३,००० (अक्षरेपी अट्ठाइस लाख त्रियानब्बे हजार) बरामद गरिएको प्रहरीले जनाएको छ।

शंकास्पद धातु तथा नगद रकमको स्रोत र प्रयोगबारे आवश्यक अनुसन्धानका लागि उनलाई थुनामा राखिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय