काठमाण्डौं— सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनेखोलाबाट प्रतिबन्धित लागू औषध गाजा सहित एक व्यक्ति पक्राउ परेका छन्।

पत्थरकोट बाट भारत तर्फ जान लागेको अवस्थामा प्रतिबन्धित लागू औषध गाजाको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमान्डमा खटिएको प्रहरी टोलीले हिजो राति उनलाई पक्राउ गरिएको हो ।

अनुसन्धानको क्रममा भारतीय सेतो स्कार्पियो र लु 33 प 3894 नम्बरको पल्सर मोटरसाइकल डाइनेखोलामा छाडेर भाग्ने प्रयास गरिरहेका लालबन्दी–१४ का ४२ वर्षीय सोम बहादुर तामाङलाई नियन्त्रणमा लिई उक्त परिणामको गॅाजा सहित पक्राउ गरिएको हो ।

प्रहरीको प्रारम्भिक सोधपुछमा तामाङले स्कार्पियो गाडीमा गाजा रहेको स्वीकार गरेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा गाडीको पछाडिको डिक्की खोल्दा रातो रंगको प्लास्टिकमा प्याक गरिएका २१ वटा पोका खोलेर जाँच गर्दा ती पोका गाजाजस्तो देखिने चिज रहेको पुष्टि भएको छ।

तौल गर्दा उक्त लागू औषध ११२.७८ केजी रहेको पाइएको छ। हाल तामाङलाई स्कार्पियो, मोटरसाइकल र बरामद लागू औषधसहित नियन्त्रणमा राखी इलाका प्रहरी कार्यालय लालबन्दीमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय