सुरक्षा सरोकार ,काठमाण्डौं  “सुसाशन” र “पारदर्शिता” जस्ता शब्दहरूले भरिएको प्रहरी संगठनभित्र अझै पनि पुराना सत्ता-सम्बन्धी खेल, आन्तरिक हस्तक्षेप र नियमविपरीतको व्यवहार कायमै रहेको पुष्टि गर्दै हालै गरिएको प्रहरी सरुवाले फेरि एकपटक विवाद जन्माएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरे पनि सबैभन्दा बढी चर्चा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी राजन लिम्बुको झापा सरुवालाई लिएर भएको छ।

केवल तीन महिनामात्रै चितवनमा कार्यरत लिम्बुलाई मापदण्डविपरीत झापा सरुवा गरिएको हो। प्रहरी सरुवाको आन्तरिक मापदण्डअनुसार एउटै तहको जिल्लामा यति छोटो अवधिमा सरुवा गर्नु अस्वाभाविक मानिन्छ। तर, प्रहरी वृत्तका अनुसार लिम्बु प्रधानमंन्त्री केपी शर्मा ओलीका पूर्व पिएसओ भएको नाताले ‘बिशेष व्यवहार’ पाएका हुन्। शक्तिकेन्द्रको दबाबकै कारण उनलाई ‘क’ वर्गकै चितवनबाट ‘क’ वर्गकै झापा सरुवा गरिएको स्रोतहरू बताउँछन्।

“निष्ठा र परिणाममुखी कार्यको मूल्य नदिइने हो भने, इमानदार अफिसरहरूमा निराशा बढ्नु स्वाभाविक हो,” प्रहरी संगठनभित्रकै एक उच्च स्रोतले नाम नखुलाउने शर्तमा बताए।

यो सरुवाले न त कार्यसम्पादनमा सन्तुलन ल्याउँछ, न त जनविश्वासमा वृद्धि गर्छ। बरु, यसले प्रहरी नेतृत्वमा देखिएको नैतिक बलको अभाव र सत्ताको हस्तक्षेपलाई झल्काउँछ। इमानदार र सक्षम अफिसरहरूलाई बेवास्ता गर्दै विशेष पहुँच भएका प्रहरीलाई मनपरी स्थानमा राख्ने प्रवृत्तिले प्रहरीभित्र निराशा, असन्तोष र अविश्वास बढाइरहेको छ।

नारा मात्रै लगाएर सुसाशन सम्भव हुँदैन। जब आन्तरिक नियमको पालना हुँदैन, पारदर्शिता गुम्छ, र निर्णयहरू शक्तिकेन्द्रको दबाबमा लिइन्छन्, तब जनताले प्रहरी संगठनमाथि भरोसा गुमाउन थाल्छन्।

यदि यस्ता निर्णयहरूको सार्वजनिक रूपमा उत्तरदायित्वको समीक्षा गरिएन भने, प्रहरीको साख, जनसमर्थन र सेवा गुणस्तरमा दीर्घकालीन असर पर्न सक्ने खतरा छ।

केही एसपीले दोहो¥याएर जिल्ला प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् कैलाली सरुवा भएका बालनरसिंहराणाले यसअघि सिन्धुपाल्चोक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए

धनुषा सरुवा भएका नरहरि रेग्मी सुर्खेत सरुवा भएका सुधीरराज शाहीले जिल्ला प्रहरी कार्यालय, नवलपरासी सुस्ता पूर्वकोनेतृत्व सम्हालेका थिए गोरखा सरुवा भएका भरतबहादुर विकले रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका हुन्

सोमबारको सरुवाअनुसार सिराहामा अनन्तराम शर्मा, पश्चिम नवलपरासीमा अनुपम श्रेष्ठ, काभ्रेपलान्चोकमा कोमल शाह, कन्चनपुरमा खड्गबहादुर खत्री चितवनमा गोविन्द पुरी जाने भएका छन्

त्यस्तै, तिलक भारती वाग्लुङ, दधिराम न्यौपाने स्याङ्जा, दीपेन्द्र शाही धादिङ नारायणप्रसाद अधिकारी गुल्मी, नारायणप्रसाद चिमरिया मोरङ प्रहरी प्रमुखमा सरुवा भएका छन्

पाल्पा प्रहरी प्रमुखमा पवनकुमार भट्टराई, रुपन्देहीमा प्रदीपबहादुर क्षेत्री, सर्लाहीमा योगेन्द्रकुमार खड्का, बाकेमा रामप्रसादघर्ती मगर, सिन्धुलीमा लालध्वज सुवेदी, धनकुटामा शरतकुमार थापा कस्तरी सरुवा भए र महोत्तरीमा हेरम्ब शर्मा जाने भएकाछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय