काठमाण्डौं, वैशाख १३ – समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा र मनकामना हस्पिटल प्रा.लि. तुम्लिङटारको प्राविधिक सहयोगमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

२४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न सकिने उद्देश्यले प्रहरी कार्यालय परिसरमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको हो। रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकिने र सधैँ तनावपूर्ण परिस्थितिमा काम गर्ने प्रहरीले आफूलाई स्वस्थ राख्नुपर्ने मान्यताका साथ स्वास्थ्य परीक्षण गरिएको कार्यालय प्जरमुख डिएसपी दक्ष बस्नानेतले जानकारी दिनु भयो।

शिविरमा जिल्लाका विभिन्न प्रहरी युनिटबाट आएका प्रहरी कर्मचारी र प्रहरी परिवार गरी १३९ जना लाभान्वित भएका थिए। शिविरमा जनरल फिजिसियन, हाड–जोर्नी तथा नशा रोग विशेषज्ञ, आँखा तथा दाँत रोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिव्य राज पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय