बाँके — बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा इतिहासकै पहिलोपटक महिला प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमान्ड हुने भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले हालै गरेको सरुवासँगै कोहलपुर प्रहरी इन्चार्ज रहेका डीएसपी धर्मराज भण्डारीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ। उनको स्थानमा केन्द्रीय प्रहरी समाचार कक्षमा कार्यरत डीएसपी लक्ष्मी खनाललाई पठाइएको हो।

प्रहरी सेवा क्षेत्रमा लामो अनुभव बोकेकी डीएसपी खनाल यसअघि डिएसपी भएपछि रुपन्देही जिल्ला प्रहरी कार्यालयमा काम गरिसकेकी छिन्। प्रहरी संगठनमा कुशल, निडर र अनुशासित अधिकृतका रूपमा चिनिने खनालको आगमनसँगै कोहलपुरमा सुरक्षा व्यवस्था थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यस कदमलाई महिला सशक्तिकरणको दिशामा पनि एउटा सकारात्मक संकेतका रूपमा लिइएको छ। स्थानीयवासी तथा सुरक्षा विश्लेषकहरू समेत डीएसपी खनालको कार्यशैलीप्रति आशावादी देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय