
काठमाण्डौं—बाराको पथलैयामा प्रहरीले यात्रुबाहक बसको क्याबिनबाट ठूलो मात्रामा अवैध चाँदी बरामद गरेको छ। मंगलबार साँझ करिब ५ः३० बजे पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा वीरगंजबाट तुलसीपुर, दाङतर्फ जाँदै गरेको बा प्र ३२–५६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा अवैध चाँदी फेला पारेको हो।
चेकजाँचका क्रममा बसको क्याबिनभित्र सिट मुनि टेपले बेरेर राखिएको कार्टुन शङ्कास्पद देखिएपछि खोली हेर्दा त्यसमा चाँदी जस्तो देखिने रेडिमेड गहना लुकाई छिपाई राखिएको पाइएको प्रहरीले जनाएको छ।

अन्दाजी दश लाख असि हजार रुपैयाँ बराबरको करिब ६ किलो चाँदी बरामद गरिएको छ। हाल बरामद चाँदीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



