
काठमाण्डौं— अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल प्रवेश गरेका र हाल झापाको थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष् सुवेदीलाई ११ वैशाखमा सर्वोच्च अदालतको इजलासमा उपस्थित गराउन आदेश दिएको हो।

उनीहरूलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) को रिट दायर गरेका थिए।



