काठमाण्डौं | सुरक्षा सरोकार— जिल्ला प्रहरी कार्यालय, कास्कीको आयोजनामा नेपाल प्रहरीको लैङ्गिक नीति–२०८१ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रम कास्की जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागितामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल प्रहरीको लैङ्गिक नीति–२०८१ मा उल्लेख गरिएका कार्यादेशका विविध पक्षहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा प्रहरी निरीक्षक गणेश पाण्डेले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणको उद्देश्य प्रहरी कर्मचारीहरूलाई लैङ्गिक समानता, भेदभाव निवारण, तथा कार्यस्थलमा लैङ्गिक दृष्टिकोणबाट उत्पन्न हुने समस्याहरूको समाधानबारे संवेदनशील बनाउनु रहेको आयोजक कार्यालयले जनाएको छ।

प्रशिक्षणमार्फत प्रहरी कर्मचारीहरूको व्यवहार, निर्णय प्रक्रिया र कार्य सम्पादनमा लैङ्गिक दृष्टिकोण समावेश गर्ने अभ्यासलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय