सुरक्षा सरोकार / काठमाण्डौं — नेपाली सेनाको नक्कली पोसाक लगाई डर त्रास देखाउँदै जबरजस्ती करणी गरेको आरोपमा पाँचथरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ निवासी ३० वर्षीय पदमकुमार तामाङलाई इलाम प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले दिएको जानकारीअनुसार तामाङले नेपाली सेनाको सहसेनानी दर्ज्यानी सहितको नक्कली पोसाक प्रयोग गरी एक युवतीलाई विवाहको प्रलोभन दिएका थिए। साथै, डर धम्की देखाई जबरजस्ती करणी गरेको आरोप उनमाथि लागेको छ।

प्रहरीका अनुसार तामाङलाई चैत ३१ गते इलाम नगरपालिका–७ बाट पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एक नारायण कोईरालाले जानकारी दिनु भयो ।

यसअघि पनि तामाङ सार्वजनिक अपराध, चोरी, अभद्र व्यवहार जस्ता विभिन्न मुद्दामा संलग्न भइसकेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय