सुरक्षा सरोकार / काठमाडौंइलाका प्रहरी कार्यालय, रन्यौरा र नेपाल रेडक्रस सोसाइटीको SUPER परियोजना सैनामैनाको सहकार्यमा लागू औषध दुर्व्यसन नियन्त्रण तथा ट्राफिक सचेतना सम्बन्धी वडा स्तरीय कार्यक्रम सम्पन्न गरिएको छ।

Say no to drugs र  say no to drink and drive “भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रमले ‘लागू औषध सेवन तथा कारोवार शून्य बनाउने’ उद्देश्य लिएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक आदित्य राज विष्टले जानकारी दिनु भयो ।

साथै , उहाँले आगामी दिनमा प्रत्येक वडामा कम्तीमा पाँच–पाँचवटा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। कार्यक्रमको मुख्य उद्देश्य युवावर्गलाई लागू औषधको दुष्परिणामबारे सचेत गराउने, समाजमा यसको प्रतिकूल असरबारे जनचेतना फैलाउने र ट्राफिक नियम पालनामा सशक्त सन्देश दिनु रहेको बताउनु भएको छ ।

प्रहरी निरीक्षक विष्टको सक्रियतामा अपराध नियन्त्रणमा उल्लेखनीय प्रगति—

प्रहरी निरीक्षक आदित्य राज विष्ट इलाका प्रहरी कार्यालय, रन्यौरामा कार्यभार सम्हालेपछि शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेखनीय सुधार आएको स्थानीयवासीहरूको भनाइ छ।

उहाँले लागु औषधविरुद्ध कानुनी कारबाही र जनचेतनामूलक अभियानलाई सँगसँगै अघि बढाउँदै आउनुभएको छ। युवाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएका सचेतना कार्यक्रमहरूले लागू औषधको नकरात्मक प्रभावबारे गहिरो सन्देश दिएको छ। त्यस्तै, लागू औषध कारोबारीहरूविरुद्ध गरिएको निगरानी तथा कडा कारबाहीले समाजमा सुरक्षित वातावरण निर्माणमा टेवा पुर्‍याएको प्रहरी स्रोत बताउँछ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत निरीक्षक विष्टले स्थानिय सरोकारवालासँग सहकार्य गर्दै समुदाय संवाद, वडा स्तरका सुरक्षा बैठक, विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम र खुला छलफल जस्ता अभियानमार्फत जनस्तरमा प्रहरीप्रति विश्वास बलियो बनाएका छन्।

स्थानीयवासीहरूको भनाइमा, निरीक्षक विष्टको सक्रियता र प्रतिबद्धता कारण इलाका प्रहरी कार्यालय, रन्यौरा आज अपराध नियन्त्रण र शान्ति सुरक्षाको दृष्टिकोणले उदाहरणीय मोडेल बन्दै गएको छ। साथै , सुरक्षा सुदृढीकरण र अपराध नियन्त्रणतर्फ यस पहललाई उदाहरणीय कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय