
रौतहट — रौतहटको राजदेवी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाबाट एक भारतीय युवक हतियार र लागुऔषधसहित पक्राउ परेका छन्।
शनिबार राति जयसवाल मदिरा पसलबाहिर होहल्ला र झैझगडा भइरहेको सूचना पाएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले भारत बिहार, सीतामढीका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार खानतलासी गर्दा उनको साथबाट म्यागजिन र लगपिन नभएको एक थान पेस्तोल, कोरेक्स तीन बोतल, नाइट्रोभेट पाँच ट्याब्लेट र एक थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका किशनलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



