
काठमाडौँ — पेप्सीकोलास्थित टाउन प्लानिङ क्षेत्रमा ६० लाख रुपैयाँ लुटपाट भएको छ। बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटिएको हो।
लुटपाटको आरोपमा प्रहरीले हालसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। हाल अनुसन्धान जारी रहेकाले विस्तृत विवरण नखुलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार लुटपाट भएको दाबी गर्ने व्यक्ति बौद्ध बसोबास गर्ने रितेश लामा हुन्। उनी बुधबार राति नै काँडाघारीस्थित प्रहरी प्रभागमा पुगेर घटनाबारे जानकारी गराएका थिए।
घटनाको अनुसन्धान जारी रहेको र लुटिएको भनिएको रकम फेला पार्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।



