काठमाडौँ — वैदेशिक रोजगारीको लागि पोल्याण्डको भीएफएक्स (VFS) प्रक्रियामा सहयोग गरिदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेका एक युवा फरार भएका छन्। फरार युवक बागलुङ घर भई हाल काठमाडौं बसोबास गर्दै आएका रामचन्द्र खरेल रहेको खुलेको छ।

खरेलले चिनजानका दुई युवासँग पोल्याण्ड पठाइदिन्छु भन्दै जनही १ देखि ३ लाख रुपैयाँसम्म उठाएर सम्पर्कविहीन भएका हुन्। फरार भएपछि पैसा फिर्ता लिन खोज्दा कुनै अत्तोपत्तो नलागेपछि पीडितहरू प्रहरीसमक्ष पुगेका छन्।

पीडित निकेश रूपाखेती र अरुण प्रसाद जैसवालका अनुसार रामचन्द्र खरेलले विभिन्न बहानामा पटक–पटक गरी करिब ४ लाख रुपैयाँ उठाएका थिए। पटक–पटक ताकेता गर्दा पनि खरेलले रकम फिर्ता नगरेपछि उनीहरूले वैदेशिक रोजगार विभागमा औपचारिक उजुरी दिने तयारी गरेका छन्।

पीडितहरू अब कानुनी प्रक्रियामार्फत न्यायको खोजीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय