सुरक्षा सरोकार/ काठमाण्डौं— नेकपा एमालेका सांसद सूर्यबहादुर थापालाई मध्यरातमा धम्की दिने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देहीको सैनामैना नगरपालिका–११ सालझण्डी बस्ने प्रदीप पन्तलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। पन्तले राति ११ बजेर ४६ मिनेटमा “लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही” भन्दै सांसद थापालाई धम्कीपूर्ण म्यासेज पठाएका थिए।

कन्सल्टेन्सीमा प्राविधिकका रूपमा कार्यरत पन्तको पारिवारिक राजनीतिक पृष्ठभूमि एमाले भए पनि उनी स्वयं हाम्रो नेपाल पार्टीसँग आबद्ध थिए। उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २(ख) बाट लौरो चिन्ह लिएर उम्मेदवार बनेका थिए।

प्रहरीका अनुसार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत केही कर्मचारीलाई पनि सांसद थापालाई जस्तै म्यासेज पठाएका थिए। घटनाको गम्भीरताका कारण प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय