काठमाण्डौं – भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङ्गे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र १ सय ९ किलो गाँजासहित गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना इन्स्पेक्टरको कमान्डमा गएको टोलीले लालबकैया केराघारी हुँदै टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ गइरहेको गिरीलाई देखेपछि गाँजा फालेर भागेका थिए। प्रहरी टोलीले उनलाई लखेटेर पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

खानतलासी क्रममा गिरीको पाइन्टको गोजीमा ८ एमएमको गोली लोड अवस्थामा कटुवा पेस्तोल र ३ राउण्ड गोली फेला परेको जानकारी एसपी ठाकुर प्रसाद पोखरेलले दिएका छन्।

गिरीमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय