काठमाण्डौ— प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकबाट ३१ ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिकाका २२ वर्षीय पवन कुमार साह, २३ वर्षीय अंकेश कुमार महतो र २० वर्षीय लालबाबु राय रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी हिरेन्द्र रोकायाका अनुसार, उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

उनीहरू यसअघि पनि गत साउन १३ गते खैरो हेरोइनसहित पक्राउ परी ४ महिना जेल बसेर छुटेका थिए। जेलबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी रोकायाले जानकारी दिए।

प्रहरीले यो घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय