काठमाण्डौ । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (WHO) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा यो दिवस मनाइने गरिन्छ ।

यस वर्षको दिवसको नारा ‘स्वस्थ शुरुवात, समृद्ध भविष्य’ रहेको छ । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रमा राख्दै आजदेखि वर्षव्यापी अभियानको शुभारम्भ हुने कार्यक्रम छ ।

‘स्वस्थ शुरुवात, समृद्ध भविष्य’ भन्ने मूल नारासहित सुरु हुने यस अभियानले सरकार तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन प्रयास तीव्र पार्न र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गरेको छ ।

दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सन्देशमूलक जानकारीहरू प्रवाह गर्ने छन् ।

सन् १९४८ मा स्थापना भएको विश्व स्वास्थ्य सङ्गठनको पाँच वर्षपछि, सन् १९५३ मा नेपाल यस सङ्गठनको सदस्य राष्ट्र बनेको थियो ।

जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुका साथै वर्तमान तथा भविष्यका स्वास्थ्य चुनौतीहरूको सामना गर्न स्वास्थ्य प्रणालीलाई अझ सुदृढ बनाउने अवसरका रूपमा पनि यो दिवसलाई लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय