काठमाडौं– भारतीय ग्याङस्टार लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिएर फिरौती मागेको आरोपमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) पक्राउ परेका छन्। बाँकेको कोहलपुरबाट पक्राउ भएका बिसीले विदेशी नम्बरबाट ह्वाट्सएपमार्फत पाँच करोड भारतीय रुपैयाँ (८ करोड नेपाली रुपैयाँ) फिरौती मागेका थिए।

प्रहरीका अनुसार, बिसीको क्रिमिनल रेकर्डमा क्षेत्रीविरुद्ध जीउ मास्ने, फिरौती असुली, धम्की दिएर चन्दा असुली, हत्या, प्रहरीको हतियार खोस्ने लगायतका विभिन्न मुद्दाहरू दर्ता भएका छन्। साथै, उनी माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई गोली हान्ने घटनामा संलग्न भई ५ वर्ष कैद भुक्तान गरिसकेका र भारतीय आधारकार्ड समेत प्राप्त भएका व्यक्तिका रूपमा परिचित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय