काठमाण्डौं – सशस्त्र प्रहरीले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार उक्त गाडी महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट नियन्त्रणमा लिइएको हो।

भारतबाट अवैध रूपमा भन्सार छली बीआर ०६–जीजी ४७६५ नम्बरको गाडीमा ल्याइँदै गरेको ब्याग, टोपी, बेल्ट, चस्मा, घडी लगायतका फेन्सी सामानको बिलबिजक नभेटिएपछि गाडी नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

गाडीलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, जलेश्वरले नियन्त्रणमा लिएको हो। बरामद सामान तथा गाडीको भन्सार दाखिला मूल्य १८ लाखसहित जम्मा मूल्य २६ लाख ९९ हजार ८ सय ९० रुपैयाँ कायम गरी जलेश्वर भन्सार कार्यालय, महोत्तरीमा बुझाइएको पनि प्रवक्ता थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय