
स्याङ्जा — पुतलीबजार नगरपालिका-११ जाँडखोला उनियाचौरस्थित माझीडाँडा जंगलबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले गएराति एकनाले भरुवा बन्दुक १ थानसहित पुतलीबजार नगरपालिका-१० धिमाटी बस्ने ४४ वर्षीय खर्कबहादुर गुरुङ र सोही नगरपालिका-११ फापरथुम बस्ने ४३ वर्षीय सोमबहादुर गुरुङलाई पक्राउ गरेको हो।




