काठमाडौँ – माकलबारीमा एक युवकको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सर्लाही चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या भएको प्रहरीले पुष्टि गरेको छ।

चैत ११ गतेदेखि बेपत्ता रहेका साहको शव चैत १५ गते माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि जमिनमा गाडिएको अवस्थामा फेला परेको थियो। उनी हराएको जानकारी प्रहरी वृत्त बौद्धमा पुगेपछि खोजी सुरू गरिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेन विवादका कारण हत्या गरिएको खुल्न आएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल, र भारत बिहार घर भई हाल दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा रहेका छन्।

अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट उनीहरूलाई ५ दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय