काठमाण्डौं – पोखराबाट एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा प्रहरीले नुवाकोटकी ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको छ।

७० वर्षीया ती अमेरिकी महिला नेपाल घुम्न आएकी थिइन् र मुक्तिनाथ मन्दिर दर्शन गर्न पोखरा पुगेकी थिइन्। उनी पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी थिइन्, जहाँबाट लामाले अपहरण गरी मकवानपुर लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको संयुक्त प्रयासमा लामालाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय