काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथद्वारा सञ्चालन गरिएको “२ प्राङ्ग्रे चालकसँग दुई मिनेट कार्यक्रम”अभियानलाई निरन्तरता दिँदै आज काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका–८, लामाबगरस्थित दुर्गा मन्दिरमा सम्पन्न गरिएको छ।

यस अभियानले सुरक्षित सडक निर्माण तथा दुर्घटना न्यूनिकरणमा अभिप्रेरित गर्दै चालकहरूलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

कार्यक्रम अन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सडक सुरक्षा मापदण्ड तथा जिम्मेवार सवारी सञ्चालनबारे छोटो तर प्रभावकारी जानकारी दिईरहेको छ।

यस्ता विभिन्न कार्यक्रम तथा अभियानहरूले यात्रालाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको प्रभावकारी कार्यान्वयन गरी सडक दुर्घटनाबाट सुरक्षित रहनु सबैको जिम्मेवारी रहन्छ । 

Screenshot

ट्राफिक प्रहरी प्रभाग नेपालटार प्रमुख वीर बहादुर थापाले जानकारी दिनु भयो। साथै , सम्पूर्ण चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पालना गर्न समेत ट्राफिक प्रहरीको अनुरोध छ ।

कार्यक्रममा सहभागी चालकहरूले यस्ता जानकारीमूलक प्रयासहरू अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। साथै ट्राफिक कार्यालयले आगामी दिनहरूमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय