
काठमाण्डौं— मोरङको विराटनगर महानगरपालिका–१७ मटेर्वाबाट ६ ग्राम १२० मिलीग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले २०८१ चैत ११ गते (सोमबार) दिउँसो ३:३० बजे नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ को२९प ६४२७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका मोरङ, बेलबारी नगरपालिका–११ बस्ने २९ वर्षीय आशिष राई र सोही उमेरका आशिष तामाङलाई रोकी जाँच गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय रानी, मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



