काठमाडौं — अहिलेको समयमा फेसबुक प्रयोग गर्ने मानिसहरू धेरै छन्, तर यसको सुरक्षित प्रयोगमा धेरैले ध्यान नदिएका कारण अकाउन्ट ह्याक हुनुका साथै विभिन्न सुरक्षा जोखिम देखा पर्ने गरेका छन्। त्यसैले आफ्नो फेसबुक अकाउन्टलाई सुरक्षित बनाउन निम्न उपायहरू अपनाउनु आवश्यक छ।

१. बलियो पासवर्ड प्रयोग गर्नुहोस्

• पासवर्डमा ठूला र साना अंग्रेजी अक्षर, अंक, र विशेष चिन्हहरू समावेश गर्नुहोस्।

• व्यक्तिगत जानकारी वा सजिलै अनुमान गर्न सकिने पासवर्ड नराख्नुहोस्।

• फरक-फरक सामाजिक सञ्जालका लागि एउटै पासवर्ड प्रयोग नगर्नुहोस्।

२. टु-फ्याक्टर अथेन्टिकेसन सक्षम गर्नुहोस्

टु-फ्याक्टर अथेन्टिकेसन (2FA) एक्टिभ गर्दा पासवर्ड मात्र होइन, OTP कोड समेत आवश्यक पर्छ।

सेटिङ्स > सेक्युरिटी एण्ड लगइन > टु-फ्याक्टर अथेन्टिकेसन मा गई एसएमएस अथवा गूगल अथेन्टिकेटर सक्षम गर्नुहोस्।

३. ट्रस्टेड फ्रेन्ड्स (विश्वासिला साथीहरू) थप्नुहोस्

• फेसबुक लगइन समस्यामा पर्दा मद्दत गर्न विश्वासिला साथीहरू एड गर्न सकिन्छ।

सेटिङ्स > सेक्युरिटी एण्ड लगइन > ट्रस्टेड कन्ट्याक्ट सेटअप मा गई आफ्ना नजिकका साथीहरू थप्नुहोस्।

४. अनरिकग्नाइज्ड लगइन अलर्ट सक्रिय गर्नुहोस्

नयाँ वा अनपहिचान गरिएको डिभाइसबाट अकाउन्ट खोल्दा सूचना पाउने सेटिङ सक्षम गर्नुहोस्।

सेटिङ्स > सेक्युरिटी एण्ड लगइन > गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगइन मा गई इमेल वा म्यासेन्जर नोटिफिकेसन सक्षम गर्नुहोस्।

५. अकाउन्ट लगइन इतिहास जाँच गर्नुहोस्

• आफ्नो फेसबुक अरू कसैले प्रयोग गरिरहेको छ कि छैन जाँच गर्न सकिन्छ।

सेटिङ्स > सेक्युरिटी एण्ड लगइन > ह्वेयर यू आर लग्ड इन मा गई अनावश्यक डिभाइसबाट लगआउट गर्नुहोस्।

६. फेसबुकलाई सार्वजनिक सर्च इन्जिनमा देखिन नदिनुहोस्

• आफ्नो फेसबुक प्रोफाइल गूगल वा अन्य सर्च इन्जिनमा देखिनबाट रोक्न सकिन्छ।

सेटिङ्स > प्राइभेसी > अलाउ सर्च इन्जिन आउटसाइड अफ फेसबुक टु लिंक टु योर प्रोफाइल मा गई डिसेबल गर्नुहोस्।

७. व्यक्तिगत जानकारीमाथि नियन्त्रण राख्नुहोस्

फ्रेन्ड लिस्ट, फोन नम्बर, र इमेल एड्रेसलाई सार्वजनिक हुनबाट जोगाउन सकिन्छ।

सेटिङ्स > प्राइभेसी मा गई Only Me (मात्र म) विकल्प चयन गर्नुहोस्।

८. फेस रिकग्निसन (Face Recognition) डिसेबल गर्नुहोस्

फेसबुकले तपाईँको अनुहार चिनेर स्वचालित ट्याग गर्न नदिनुहोस्।

सेटिङ्स > फेस रिकग्निसन > Turn Off मा गई यो सुविधा बन्द गर्नुहोस्।

९. थर्ड-पार्टी एप्स जाँच र हटाउनुहोस्

फेसबुकमार्फत अन्य एप्स (जस्तै गेम्स, भविष्य बताउने एप्स) लाई अनुमति दिँदा डेटा ह्याक हुने जोखिम रहन्छ।

सेटिङ्स > एप्स एण्ड वेबसाईट्स मा गई अनावश्यक एप्स हटाउनुहोस्।

१०. फेसबुकले तपाईंको डेटा सेभ गरेको छ कि छैन जाँच गर्नुहोस्

तपाईंको डेटा फेसबुकले सेभ गरेको छ कि छैन हेर्न सकिन्छ।

सेटिङ्स > योर फेसबुक इन्फरमेसन > डाउनलोड योर इन्फरमेसन मा गई आफ्नो डेटा डाउनलोड गरी समीक्षा गर्नुहोस्।

यी उपायहरू अपनाएर फेसबुक अकाउन्टलाई सुरक्षित बनाउन सकिन्छ। तर, लगइन गरेपछि लगआउट गर्न नबिर्सनुहोस् र असुरक्षित डिभाइसहरूमा फेसबुक चलाउन नहिच्किचाउनुहोस्। सुरक्षित प्रयोग नै साइबर जोखिम न्यूनीकरणको प्रमुख उपाय हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय