
काठमाण्डौं— सस्तो लोकप्रियता र भाइरल हुने मनपरी शैलीमा म्युजिक भिडियो बनाउने र्याप गायक ‘भिटेन’ प्रहरीलाई गाली गर्द चर्चामा आईरहने व्यक्ति हुन् । प्रहरीले गालीगलौच गरेको भन्दै ‘हामी यस्तै त हो नी ब्रो’ गीत गाउने -यापर भिटेन (समीर घिसिङ)लाई केही बर्ष अघि पक्राउपछी सचेत गराएर छाडेको थियो ।
त्यति बेला यापर भिटेनको गीतमा प्रहरीलाई ‘डन्ठे’ भनेर अश्लील गाली गरेपछि उनी पक्राउ परेका थिए।

उनले फेरी पहिलेको भन्दा आक्रोस हुदैं प्रहरीलाई नै लक्षित गरि होलिको दिनमा काठमाण्डौंकै एक कन्सर्टमा उनले स्टेजबाटै गीत मार्फत पुरै प्रहरी संगठनलाई गाली गलौज गरेको भिडियो अहिले सामाजिक संजालमा भाईरल छ ।
नोटः- ३ वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्याप गीत गाएर विवादमा मुछिएपछि भिटेन भनिने समिर घिसिङलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए ।
प्रश्न यहॅा छ — के यस्ता छाडा गायकलाई प्रहरीले केही गर्न सक्दैन ???



