काठमाडौं — महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेराएका छन्।

शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वे ट्र्याक सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (सई) धर्मेन्द्रसिंह महतोले जबर्जस्ती करणी प्रयास गरेको स्थानीयको आरोप छ।

बालिकाले चिच्याएपछि स्थानीय भेला भएका थिए। लोहरपटी गाउँपालिकाका वडाध्यक्ष श्याम यादवका अनुसार स्थानीयले सई महतोलाई कारबाहीको माग गर्दै सुरक्षा पोस्ट घेराउ गरेका हुन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले महतोलाई नेपाल प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइसकेको जानकारी दिएका छन्।

नेपाल प्रहरीले भने हालसम्म पीडित पक्षबाट जाहेरी प्राप्त नभएको जनाएको छ। जाहेरी दर्ता भएपछि कानुनी प्रक्रिया अघि बढाइने महोत्तरी प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय