काठमाडौं — काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२, भाड गाउँस्थित एक कोठाबाट प्रहरीले अवैध हातहतियार तथा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा सो क्षेत्रको मिरा तामाङको घरमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशीको कोठा खानतलासी गर्दा हातहतियार तथा लागु औषध बरामद गरेको हो।१ थान पेस्तोत , २ थान म्याग्जिन, १० राउण्ड KF 7.65 लेखिएको गोली, २५० ग्राम लागु औषध (Poland) १० पिस Tramadol Hydrochloride क्याप्सुल (Tramol-50), १ थान MAPPLE लेखिएको स्पीकर, १ थान Lenovo ल्यापटप, १ थान डिजिटल तराजु, ७ थान विभिन्न कम्पनीका मोबाइल, १ थान एप्पल आइप्याड सहित पक्राउ परेका छन् ।

पक्राउ परेका जोशीका यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभिलेख फेला परेको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय