काठमाण्डौं—  उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडक छेउमा उभिएका दुई दिदीबहिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिए।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १-०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडक पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमै मृत्यु भएको हो भने अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले जीप चालक त्रियुगा नगरपालिका–९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न जीप गाईघाटस्थित हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय