
काठमाडौं — प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नं ३, सिंगल ट्रीस्थित एक डेरामा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्तिमा अर्जुन श्रेष्ठगोलञ्जोर गाउँपालिका वडा नं ५, सिन्धुली घर भई हाल सिंगल ट्री, नागार्जुन नगरपालिका वडा नं ३, काठमाडौं बस्ने रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाईजोपाम (Diazepam) लेखिएको ५४० एम्पुल र फेनार्गन (Phenergan) लेखिएको ५२० एम्पुल का साथै टाल्जेसिक बुप्रेनोर्फिन (Talgesic Buprenorphine) लेखिएको ५०० एम्पुल बरामद गरिएको समेत जनाईएको छ ।
प्रहरीले अर्जुन श्रेष्ठको डेरामा बिशेष सुचनाको आधारमा खानतलासी गर्दा माथि उल्लेखित प्रतिबन्धित लागुऔषधका एम्पुलहरू लुकाइराखेको अवस्थामा फेला पारेको हो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ।



