
काठमाडौं। – सार्वजनिक यातायातमा पाकेटमार तथा चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१५, हलचोकबाट पक्राउ परेका उनीहरूलाई “अभद्र व्यवहार कसूर” अन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका व्यक्तिहरू:—

१. विदुर कमल – २७ वर्ष, धादिङ, थाक्रे गाउँपालिका–१
2. विवेक दुंगाना – २८ वर्ष, धादिङ, गल्छी गाउँपालिका
3. विकास तामाङ – २५ वर्ष, सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–२
4. सन बहादुर तामाङ – ३७ वर्ष, काभ्रे, पाँचखाल नगरपालिका–८
5. शंख बहादुर योञ्जन – ३१ वर्ष, सिन्धुली, सुनकोशी गाउँपालिका–२
6. आकाश तामाङ – ३८ वर्ष, रौतहट, चन्द्रनिगाहपुर नगरपालिका–३
7. प्रकाश लामा – २६ वर्ष, काभ्रे, रोशी गाउँपालिका–४
8. कसाङ तामाङ – ३५ वर्ष, काभ्रे, मण्डनदेउपुर गाउँपालिका–५
पक्राउ परेका व्यक्तिहरू सार्वजनिक यातायातमा यात्रुहरूको पकेटमार तथा चोरी गरी फरार हुने गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



