काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा झन्डै चार किलो सुन लुकाइ नेपाल भित्र्याउने प्रयास गर्ने चार उज्बेक नागरिक पक्राउ परेका छन्।

बुधबार भन्सार जाँचपास गरी बाहिर निस्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव, र इस्राइलोव्ना साओदत फैजिवा लाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरिएको छ। भन्सार जाँचपछि शंका लागेर पुनः जाँच गर्दा मलद्वारमा लुकाइएको अवस्थामा सुन फेला परेको प्रहरीले जनाएको छ।

उनीहरू फ्लाई दुबईको एफजेड ५७५ उडान मार्फत काठमाडौं आएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरू भरिया भएको र सुन कसैले पठाएको खुलेको छ।

नेपाललाई ट्रान्जिट बनाएर दुबई हुँदै अन्य देशमा सुन तस्करी हुने क्रम बढेकाले घटनाबारे थप गहिरो अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय