काठमाडौं – दुबईबाट काठमाडौं आएका  महिला र एक उज्बेक नागरिक ३ किलो ७७५ ग्राम सुनसहित पक्राउ परेका छन्।

बुधबार साँझ फ्लाई दुबईको एफजेड ५७५ उडानबाट आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको सादा पोशाक टोलीले नियन्त्रणमा लिएको हो।

विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले भन्सार जाँच पास गरिसकेपछि प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूले मलद्वारमा सुन लुकाएर ल्याएको खुलासा भएको छ।

हाल उनीहरूलाई गौशाला प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय