काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७४औं जन्मदिन मनाउँदै औपचारिक कार्यक्रम नराखिने जनाएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले भने, “आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ आयोजना गरिएको रहेछ। खेल हेर्न म एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान गरौँला।”

प्रधानमन्त्री ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा मोहनप्रसाद ओली र मधुको छोराका रूपमा भएको थियो। कम्युनिष्ट राजनीतिमा प्रवेश गरेपछि ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए र तत्कालीन नेकपा मालेका संस्थापकहरू मध्ये एकको रूपमा परिचित छन्। २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बनेका ओली, २०७५ साल जेठ ३ गते एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका थिए।

अर्कोतर्फ, ०७८ मंसिरमा भएको दशौं महािधवेशनपछि पुनः अध्यक्ष चुनिएपछि ओली नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटक प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर