
पोखरा— पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।
पानसमा बत्ती बाल्ने क्रममा बेलुन आगोमा परेर पड्किएको थियो, जसका कारण उनीहरू घाइते भएका हुन्। घाइते दुबैजनालाई उपचारका लागि अस्पताल लगिएको छ।




