काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय बर्दियाले होमस्टेमा चलिरहेको जुवाखालमा छापा मार्दै १५ जना जुवाडेलाई लाखौं नगदसहित पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट गएको प्रहरी टोलीले गए राति १ बजे बारबर्दिया नगरपालिका-९ स्थित ३२ वर्षीय निराजन राजवंशीको होमस्टेमा छापा मारेको हो। छापाका क्रममा १ लाख ८२ हजार ६७० रुपैयाँ नगद र २० थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जुवाखालबाट बरामद रकम थोरै भए पनि जुवाडेहरू मोबाइलबाटै अनलाइन ट्रान्जेक्सन मार्फत जुवा खेलिरहेको हुन सक्ने आशंका गरिएको छ।

बर्दिया प्रहरीले पक्राउ परेका १५ जनालाई हिरासतमा राखी जुवा ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, मोबाइलबाट भएको सम्भावित अनलाइन ट्रान्जेक्सनबारे समेत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय