काठमाण्डौं— इलाम गोलबस्तीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।  ३१ वर्षीय बिमल खवासले सोही स्थानका ३२ वर्षीय मिलन सुनुवारलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

घाइते सुनुवारलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको थियो। तर, घर फर्किएपछि स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि पुनः अस्पताल लैजाने क्रममा उनको मृत्यु भएकोहो।

घटनापछि फरार रहेका बिमल खवासलाई प्रहरीले मिति २०८१।१०।२७ गते पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एक नारायण कोईरालाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय