
तनहुँ— व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटमा एक प्रहरी जवानमाथि कुटपिट भएको छ। अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि कुटपिट भएको हो।
प्रहरीका अनुसार, घटनामा संलग्न चार युवालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ, र व्यास–१ निवासी सुदीप विक रहेका छन्।

शनिबार राति करिब २ बजे मानुङकोट क्षेत्रमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिएका छन्।
पक्राउ परेका चार जनाविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। अदालतबाट पाँच दिनको म्याद थप भइसकेको छ।



