काठमाडौं — जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ बुढानीलकण्ठस्थित एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ।

एसएसपी विश्व अधिकारीको नेतृत्वमा खटिएको टोलीले क्रिप्टोकरेन्सी, अनलाइन जुवा, सट्टेबाजी तथा ठगी जस्ता अवैध गतिविधि भइरहेको सूचनाका आधारमा कारबाही गरेको हो। प्रहरीले पक्राउ परेकाहरूलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

एसएसपी अधिकारीका अनुसार उक्त घरमा लामो समयदेखि अवैध अनलाइन कारोबार भइरहेको आशंका गरिएको थियो। छापाका क्रममा ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरिएको छ। पक्राउ पर्नेहरूमध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय