काठमाडौं — ठमेलस्थित एलओडी क्लबले स्थापना भएको ६ वर्ष पूरा हुँदै ६ दिनसम्म विशेष उत्सव मनाएको छ। क्लबका निर्देशक भूपेन कुँवरका अनुसार, “६ वर्ष ६ दिन” भन्ने अवधारणामा आयोजना गरिएको यस वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न कलाकारहरूको प्रस्तुति हुने भएको छ।

शनिबार साँझ, पहिलो दिन, पूर्ण राई तथा दाजुभाई, श्रीगो एन्ड द गेन र लिसियस डिजेले मनमोहक प्रस्तुति दिएका थिए। क्लबले स्थापना गरेसँगै राष्ट्रको नाम कायम गर्दै आएकोमा गर्वका साथ, विभिन्न मुलुकका कलाकारहरूलाई एकै ठाउँमा ल्याएर दर्शकलाई फरक अनुभूति प्रदान गर्ने लक्ष्य राखिएको छ। भूपेन कुँवरले थप भन्नुभयो, “रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई हाम्रो क्लबले झनै आकर्षित गराएको छ।”

उत्सवका आगामी दिनहरूमा माघ २६, २८ तथा फागुन १, २, ८ र ९ गते क्रमशः विभिन्न कार्यक्रमहरू आयोजना गरिने छन्। २८ गते कुम सागर एन्ड द ख्वपले प्रस्तुति दिने छन् भने, फागुनका दिनहरूमा समीर श्रेष्ठ (एफटी गुड ब्वाइज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स, कर्मा ब्यान्ड र कुटुम्बका प्रस्तुतीहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

एलओडी क्लब (लर्ड अफ द ड्रिंक्स) विश्वकै उत्कृष्ट क्लबहरू मध्ये ५० औं स्थानमा रहेको छ र केही समयअघि ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा समेत परेको थियो। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गरेको हुँदा, यस क्लबले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझै प्रस्ट बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय