
काठमाण्डौं— झापाको बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एण्ड लजमा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अनुसार बिहीबार राति ११ बजेतिर हल्दिबारी गाउँपालिका–१, गोलधाप बस्ने ३० वर्षीय सागर बेस्रा र उनकी साथी, सुनसरी धरान उपमहानगरपालिका–१५ स्थायी घर भई कन्काई नगरपालिका–७, दुर्गापुर बस्ने २३ वर्षीया मुना विक, उक्त होटलमा बसेका थिए।
राति खाना खाएपछि सुतेका सागर बिहान शौचालयको ढोका छेउमा लडेको अवस्थामा फेला परेका थिए। मुना विक र होटल सञ्चालक यामकुमारी उप्रेतीले उनलाई उठाएर बिर्तासिटी अस्पताल पुर्याए। तर, चिकित्सकले १:३५ बजे नै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दनले जानकारी दिनुभयो ।

घटनापछि प्रहरीले मुना विक र होटल सञ्चालक उप्रेतीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



