बाँके बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीमा लागूऔषध (ब्राउन सुगर) को कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो नेपालगंज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विजय चौधरीको घरबाटसाना कालो तथा हरियो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ११ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थबरामद गरेको जिल्ला प्रहरी कार्यालय बॅाकेको सुचना अधिकारी प्रवक्ता /डिएसपी आयुष जोशीले जानकारी दिनु भयो ।

प्रहरीले बाँके बैजनाथ गाउँपालिका-७ बस्ने ४२ वर्षीय विजय चौधरी, २९ वर्षीय विजय भारती थारु, र ३१ वर्षीय रामेश्वर थारुलाईपक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय