काठमाडौं — उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले सम्हालेका छन्। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ११ माघमा सरुवा भएका बस्नेतले शुक्रबारदेखि औपचारिक रूपमा जिम्मेवारी लिएका हुन्।

बस्नेतले यसअघि प्रहरी वृत्त दरबारमार्ग, काठमाडौं प्रहरीको मुद्दा शाखा लगायतका महत्त्वपूर्ण पदमा रहेर काम गरिसकेका छन्। पछिल्लो समय उनी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए।

शुक्रबार कार्यालयमा आयोजित कार्यक्रममा बस्नेतलाई स्वागत गरिँदा निवर्तमान प्रमुख एसएसपी सानुराम भट्टराईलाई बिदाइ गरिएको थियो। भट्टराईले नौ महिनाको कार्यकालमा उल्लेखनीय काम गरेको बताउँदै अपराध अनुसन्धान र फरार अभियुक्त पक्राउलाई आफ्नो प्राथमिकता रहेको उल्लेख गरे। उनले नागरिक समाजबाट आफ्नो कार्यकालको मूल्यांकन हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय