
काठमाण्डौं— सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले बुधबार सिरहा नगरपालिका-१७ स्थित भन्सार गेट छेउबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-७ का २५ वर्षीय हृदय सिंह र गोलबजार नगरपालिका-८ का २२ वर्षीय धर्मेन्द्र यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार, मोटरसाइकलमा सवार उनीहरूमध्ये चालक सिंहको साथबाट ५ ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो, जनकपुर र इलाका प्रहरी कार्यालय, माडरको टोलीले नियन्त्रणमा लिएको छ।
सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।



