काठमाडौं — उच्च अदालत पाटनले ट्राफिक प्रहरीले सवारी जाँचका क्रममा सवारी साधनको चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने कार्य नगर्न निर्देशनात्मक आदेश दिएको छ।

बुधबार न्यायाधीशद्वय चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको इजलासले यस्तो कार्य कानून विपरीत रहेको भन्दै रोक लगाएको हो। अदालतले व्यक्तिगत सम्पत्ति हनन र दुःख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानून बमोजिम मात्र कार्य गर्न आदेश दिएको छ।

यसअघि, कात्तिक २१ गते, विवेक चौधरीले ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्य गैरकानुनी रहेको भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय