
क्यानडा – क्यानडाको ओन्टारियोमा २० वर्षीया नेपाली युवतीमाथि दाजु र उनका दुई साथीले सामूहिक बलात्कार गरेको घटनाले चर्को चर्चा पाएको छ। कफीमा बेहोसीको औषधि मिसाएर ६ घण्टासम्म बलात्कार गरिएको घटना सार्वजनिक भएको हो।
घटनापछि पीडितलाई धम्की दिँदै यसबारे बोल्न रोक लगाउने प्रयास गरिएको थियो। तर, उनले प्रहरीमा उजुरी दिएपछि दुई आरोपीलाई धरौटीमा रिहा गरिएको छ भने मुख्य योजनाकार रहेका दाजु हाल हिरासतमा छन्।

एचआईभी संक्रमणको खुलासा
घटनामा संलग्न एक आरोपी एचआईभी पोजेटिभ रहेको पत्ता लागेको छ। दुर्भाग्यवश, पीडित पनि संक्रमणमा परेकी छन्। हाल उनी उपचार गराइरहेकी छिन्।
समाजमा गहिरो असर
यस घटनाले नेपाली समुदायमा ठूलो आक्रोश र चिन्ता उत्पन्न गराएको छ। घटनाको पूर्ण छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।



