
धनगढी ।डोटीमा ड्युटी गर्दागर्दै बेहास् भएर ढलेका एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका- ५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो।

बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए।
उनलाई बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए।



