काठमाडौ । नुवाकोट घर भएका हरिशरण लामा बिगत ३ महिना देखि युएई को सारजामा अलपत्र परेको मा आज “सरोकार केन्द्र” ले उद्दार गरि नेपाल ल्याउन सफल भएको छ।

सरोकार केन्द्र का अध्यक्ष पुर्ब डिएसपी हाल अधिबक्ता गोविन्द पन्थी का अनुसार हरिसरण कामको खोजिमा एक दलाल मार्फत मेनपावर मा ३ लाख रकम बुझाएर १२०० रियाल पाउने सम्झौता गरि गएको मा भनेअनुसार को काम र तलब नपाए पछि आफुले कम्पनीमा काम गर्न नसक्ने बताउदा साथ कम्पनी ले उनलाई जबर्जस्ति निकालेको थियो र ९ दिन सडक मा अलपत्र भएका थिए।

त्यसपछि उनी दुबई मा रहेका मिस्टर गुरुङ सङ्ग सम्पर्कमा गएका र दुबई मा रहेर ब्याबासाय गरिरहेका हेमराज मैनाली ले नेपाल मा महेन्द्र मैनाली सङ्ग समन्वय पश्चात् महेन्द्र मैनाली ले हरिशरण लाई पठाएको मेनपावर लाई पटक पटक उद्दार गर्न आग्रह गर्दा बेवास्ता गरे पश्चात् सरोकार केन्द्र सङ्ग समन्वय गरेको र सबैले रकम जोहो गरि दूतावास सङ्ग समन्वय गरि कागजात बनाएर स्वदेश ल्याउन सफल भएको बताउनु भयो।उहाँका अनुसार निज हरिसरण ९ दिन त दुबई को सडक मै सुतेको आफुलाइ सुचना भएको र मेनपावर ले ३ लाख लिएर पठाएको मा ६ महिना ६०० रियल तलब दिएको र कम्पनीले बेवारिसे छाडेको मा ९ दिन को सडक बास पछि मिस्टर गुरुङ समेत ले आफ्नो खर्च मा दुबई राखेको मा क्रीकेट खेलाडी भरत कार्की , महेन्द्र मैनाली लगायत को समूह ले सरोकार केन्द्र सङ्ग समन्वय गरे पश्चात् उनलाई नेपाल ल्याउन सफल भएको छ।

अधिबक्ता गोविन्द पन्थी लामोसमय उपत्यका अपराध अनुसंधान कार्यालयमा प्रहरी नायब उपरीक्षक(डिएसपी )र मानव बेचबिखन अनुसंधान ब्युरो मा रहेर काम गर्दा धेरै मानव तस्कर र ठगी कार्यमा सङ्लग्नलाई कारबाही गरि रास्टृय तथा अन्तरास्ट्रिय अवार्ड पाएका अनुभव प्राप्त डिएसपी भएकोमा उनले अबकाश पश्चात् बेरोजगार युबा युवती लाई बेचबिखन तथा ओसारपसार गर्ने र रोजगारीको नाउमा ठगी गर्नेहरु लाई खबरदार गर्ने , उद्दार गर्ने र कानुनी कारबाही को लागि पहल गर्ने र त्यस्ता अलपत्र परेकाहरु लाई उद्दार गरि निशुल्क रुपमा कानुनी सेवा दिने भन्दै यसै महिना “सरोकार केन्द्र ” नामक संस्था दर्ता गराएका थिए।यहि संस्था को समन्वय मा छोटो समयमै एक युबाको उद्दार गरेर “सरोकार केन्द्र “बिदेशमा अलपत्र परेकाहरुको भरोसायोग्य संस्था बन्न सफल भएको छ भने पुर्ब डिएसपी हाल अधिबक्ता गोविन्द पन्थी गतिलो उदाहरण प्रस्तुत गर्न सफल भएका छन।

युएईबाट स्वदेश फर्किएका नेपाली शुक्रबार त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदै । तस्वीर : सरोकार केन्द्र का अध्यक्ष पुर्ब डिएसपी हाल अधिबक्ता गोविन्द पन्थी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय