काठमाण्डौं। नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट पाँच एसएसपीहरुको सरुवा भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । परिसर ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।

एसएसपी विनोद घिमिरेलाई भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।

एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।

एसएसपी भुपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय